प्रहरीले कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरेको छ । दुवै जिल्लाबाट करिब डेढ लाख बढीका सामानहरू बरामद गरेको प्रहरीले जनाएको छ ।
कैलालीको धनगढी स्थित त्रिनगर ब्यारेल नजिकबाट भन्सार छली ल्याएका ८ हजार ८ सय ५० मूल्य बराबरका सुर्ती, कुर्थी, पानी पुरी लगायतका सामान नियन्त्रणमा लिएको कैलाली प्रहरीले जिल्लाको भजनी नगरपालिका वडा नम्बर ५ ठेकी पुलबाट करिब १ लाख २० हजार मूल्य बराबरका हार्डवेयरका सामानहरू शुक्रवार बेवारिसे अवस्थामा फेलापारि नियन्त्रणमा लिएको छ ।
यस्तै उता कञ्चनपुरको भिमदत्त नगरपालिका ११ चौकी सत्ताबाट भन्सार छली गरी ल्याइएका १५ हजार मूल्य बराबरका प्लास्टिकका कुर्ची, बाटा लगायतका सामानहरू बरामद गरेको कञ्चनपुर प्रहरीले कृष्णपुर नगरपालिका ५ गजरौलाबाट १८ हजार २ सय ६४ मूल्य बराबरका सुर्ती, चिनी, बिस्कुट लगायतका सामानहरू बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।