कैलालीमा भन्सार छलीका सामान बरामद गरिएको छ । बुधवार वडा प्रहरी कार्यालय धनगढीको टोलीले कपडा र सुर्तीजन्य सामानहरू लुकाइ छिपाइ लिइरहेको अवस्थामा फेला पारी त्रिनगर भन्सार कार्यालय पठाएको हो ।
प्रहरीले राजपुर नजिकैबाट १ लाख ७२ हजार ७ सय ९६ रुपैयाँ बराबरका लेडिज लुगा कपडा करिब र ६ हजार ६ सय ७० रुपैयाँ बराबरको सुर्तीजन्य पदार्थ बरामद गरेको वडा प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिए ।
प्रकाशित :- २०८० आश्विन ११, गते बिहीबार