कैलालीको धनगढीबाट जुवा खेलिरहेका सात जना पक्राउ परेका छन् । धनगढी उप–महानगरपालिका वडा नम्बर २ स्थित चौराहा रहेको एक घरमा जुवा तास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा शुक्रवार वडा प्रहरी कार्यालय धनगढीको टोलीले छापा हानेको थियो ।
सो क्रममा सात जना जुवाडे सहित नगद १ लाख ६४ हजार ३ सय ८० रुपैयाँ, ९ थान मोबाइल र ३ गड्डी तास बरामद गरिएको वडा प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिए ।
यस्तै शुक्रवार नै धनगढीको चटकपुर स्थित जिरो प्वाइन्ट होटेलबाट २ यौनकर्मी सहित होटेल सञ्चालक जगदीश जोशी पनि पक्राउ परेका छन् । होटेलमा यौन क्रियाकलाप भइरहेको भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढीले छापा हानि उनीहरूलाई पक्राउ गरेको हो ।