कैलालीको घोडाघोडीमा नदीमा डुबेर १ बालकको मृत्यु भएको छ ।

नगरपालिकाको ११ नम्बर सिसैया स्थित कान्द्रा नदीमा डुबेर सोही ठाउँका १३ वर्षीय उपेन्द्र कडायतको मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक दिर्घ बहादुर साउँदले नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका कडायतको शव फेला परेको बताए ।

बालक बेपत्ता भएको भनि इलाका प्रहरी कार्यालय सुखडमा निवेदन परेपछि कार्यालयका प्रमुख प्रहरी निरीक्षक साउँदको कमाण्डमा ७ जनाको प्रहरी टोली तथा प्रहरी चौकी पहलमानपुर बाट खटिएको प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोजिकार्य गरेको थियो ।

कडायतको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
