

कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर ४ भल्काकी ३३ वर्षीया मञ्जु रावलको घटनामा आधारित म्युजिक भिडियो आज सार्वजनिक हुने भएको छ ।

४० वर्षीया मञ्जुको उनकै श्रीमानकी अर्की पत्नी (सौता) गोमा रावलले ‘कन्याक्ट किलर’ द्वारा गर्न लगाएको प्रहरीको अनुसन्धानमा खुलेको थियो। जसमा उनको हत्या गर्न लगाएको थियो।
मञ्जुको शव कैलालीको मोहन्याल गााउँपालिका–५ बाँसघारी सामुदायिक वनको सेतीखोर खोलाबाट करिब २ सय मिटर पश्चिमतर्फको खोल्सामा ढुङ्गामुनि च्यापेर राखेको अवस्थामा फेला परेको थियो। कंकालहरु वरपर छरिएर रहेको अवस्थामा फेला परेको र हड्डीसँगै बेरिएर रहेको कपडाको आधारमा मञ्जुका छोराले आमाको सनाखत गरेका थिए। हत्यामा संलग्नताको आरोपमा पक्राउ परेकी सरिता रावलको बयानका आधारमा मञ्जुको शव भेटिएको थियो। यसै घटनामा आधारित म्युजिक भिडियो आज बेलुकी ६ बजेसम्म सार्वजनिक गर्न लागिएको निर्माता दिपक रावलले जानकारी दिए।
प्रेम भण्डारीको निर्देशनमा तयार पारियको सो गितमा सरु क्षेत्री (प्रवते चेली)ले स्वर दिएकी छन भने अनु खड्का, युवराज बोहरा, गुड्डु ओली, सानु खड्का, दुर्गा पाण्डे र भिम कसेराले अभिनय गरेका छन।
