
बैतडीमा मंगलबार बिहान भूकम्प गएको छ । बिहान ७ बजेर ५४ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो ।

जिल्लाको सिगास गाउँपालिका आसपास केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस भएको थियो । यद्यपि हालसम्म क्षतिको कुनै विवरण रेकर्ड भएको छैन ।

प्रकाशित :- २०८१ पुष १६, गते मंगलवार