डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-४ रङ्गमा डढेलोबाट सल्किएको आगोमा परेर तीन जना बालक घाइते भएका छन् ।
प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालका अनुसार आगाेमा परेर १०, १२ र १३ वर्षका तीन जना बालक घाइते भएका हुन् ।
प्रमुख जिल्ला अधिकारी दाहालले दिएको जानकारी अनुसार आज दिउँसो घर नजिकै रहेको सामुदायिक वनमा च्याउ टिप्न गएका उनीहरू डढेलोमा परेका थिए ।
घाइते उनीहरूको जिल्ला अस्पताल दुनैमा उपचार भइरहेको र थप उपचारका लागि हेलिकप्टरमार्फत नेपालगञ्ज लैजाने प्रयास भए पनि मौसमका कारण आजलाई सम्भव नभएको दाहालले भइरहेको छ ।
प्रकाशित :- २०८० चैत्र २९, गते बिहीबार