कैलालीको घोडाघोडी नगरपालिका–४ निवासी वीरबहादुर चौधरी दुवै मिर्गौला फेल भएपछि उपचारका लागि आर्थिक समस्यामा परेका छन्। लामो समयदेखि किड्नी रोगबाट पीडित चौधरीको उपचार खर्च धान्न कठिन भएपछि सि एस अस्पताल सुखडले आर्थिक सहयोग गरेको छ।
अस्पतालका प्रबन्ध निर्देशक विष्णु सापकोटाले चौधरीलाई उपचार सहयोगस्वरूप ५१ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।
चौधरीको अवस्थाबारे जानकारी पाएपछि अस्पतालका तर्फबाट सहयोग गरिएको सापकोटाले बताए।
उनले चौधरीको उपचारका लागि थप सहयोगको आवश्यकता रहेको उल्लेख गर्दै सम्पूर्ण मनकारी महानुभावहरूलाई सहयोग गर्न आग्रहसमेत गरेका छन्। आगामी दिनमा पनि अस्पतालका तर्फबाट सकेको सहयोग गर्ने सापकोटाले बताएका छन् ।




