समाचार सारांश
- • सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई पुनस्र्थापित गर्ने आदेश दिएको छ।
- • कुलमान घिसिङले शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरेपछि शाक्यले सर्वोच्च अदालतमा रिट दिएका थिए।
- • न्यायाधीश डा. नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले पुनस्र्थापना आदेश दिएको हो।
सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई पुनस्र्थापित गर्ने आदेश दिएको छ ।
जेनजी आन्दोलनको बलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बनेका प्राधिकरणका पूर्वप्रबन्ध निर्देशक कुलमान घिसिङले शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरेपछि त्यसविरुद्ध शाक्य सर्वोच्च अदालत गएका थिए ।
उक्त रिटउपर सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले शाक्यलाई पुनस्र्थापित गर्ने आदेश दिएको हो ।
प्रकाशित :- २०८२ मंसिर २२, गते सोमबार




