समाचार सारांश
- • भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा सिहदरबारबाट कम्प्युटर, प्रिन्टर र सजावटी सामग्रीहरू चोरी गरी उनीहरूले बागबजारस्थित आफ्नै कार्यालयमा ल्याइएको खुलेको हो।
- • स्रोतका अनुसार सरल शिक्षा एकेडेमीकी सञ्चालक उषा भट्ट, प्रबन्ध निर्देशक बिरेन्द्र भट्ट र बिरेन्द्रका दाजु नबिन भट्टले सिहदरबारबाट ४ वटा कम्प्युटर monitor, १ प्रिन्टर र केही गमला चोरी गरी आफ्नो कार्यालयमा राखेका थिए।
जेनजी आन्दोलनका क्रममा सिहदरबारभित्र पसि सामान लुटपाट गरेको आरोप लागेका सरल शिक्षा एकेडेमीका सञ्चालक र प्रबन्ध निर्देशकलाई प्रहरीले अनुसन्धान नगरी उन्मुक्ति दिएको खुलासा भएको छ।
भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा सिहदरबारबाट कम्प्युटर, प्रिन्टर र सजावटी सामग्रीहरू चोरी गरी उनीहरूले बागबजारस्थित आफ्नै कार्यालयमा ल्याइएको खुलेको हो।
स्रोतका अनुसार सरल शिक्षा एकेडेमीकी सञ्चालक उषा भट्ट, प्रबन्ध निर्देशक बिरेन्द्र भट्ट र बिरेन्द्रका दाजु नबिन भट्टले सिहदरबारबाट ४ वटा कम्प्युटर monitor, १ प्रिन्टर र केही गमला चोरी गरी आफ्नो कार्यालयमा राखेका थिए।
घटनापछि उनीहरूको सामाजिक सञ्जालमा चोरी गरिएको सामानको तस्वीर देखिएको भन्दै एक व्यक्तिले प्रहरीलाई ट्याग गरेर प्रश्न गरेपछि, भोलिपल्ट उषा भट्टले आफ्ना कर्मचारीमार्फत सामान फिर्ता पठाएकी थिइन्। तर प्रहरीले ती कर्मचारीलाई सोधपुछ नगरी सामान बुझी फाइल बन्द गरेको बताइन्छ।
रोचक कुरा के छ भने, फिर्ता पठाइएको सामानमध्ये चोरी गरिएको वास्तविक प्रिन्टर साटेर पुरानो बिग्रेको प्रिन्टर बुझाइएको थियो।
यस विषयमा प्रहरीलाई जानकारी भएपछि बागबजारस्थित कार्यालयमा पुगेको टोलीले छापा मारेको थियो। त्यतिबेला माहोल ताते पनि उषा भट्टले “कर्मचारीले गल्ती गरेको” भन्दै जिम्मेवारी टार्न खोजेको प्रहरी स्रोतले जनाएको छ।
यता तत्कालीन सिहदरबार प्रहरी वृत्तका डीएसपी गंगाराम पौडेलले घटनाको पर्याप्त अनुसन्धान नगरेको र अहिले उनको सरुवा भइसकेको पनि खुल्न आएको छ। अहिले वृत्तका प्रमुख जनार्दन घिमिरेले समेत विस्तृत अनुसन्धान नगरी उषा र बिरेन्द्रलाई उन्मुक्ति दिने गरी फाइल रफादफा गरेको बताइन्छ। उषा र वीरेन्द्र श्रीमान श्रीमती रहेको समेत प्रहरी स्रोतबाट खुलेको छ।
स्रोतका अनुसार, लुटिएको सामानको भागबण्डा नमिलेपछि घटनाको विवरण बाहिर आएको हो।




