कञ्चनपुरमा डेढ लाख बढि रकमसहित ९ जना जुवाडे पक्राउ परेका छन् ।
जिल्लाको वेदकोट नगरपालिका–९ कोल्डस्टोरस्थित बिकास बमले सञ्चालन गरेको अम्बै कटेजमा जुवातास भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले ९ जनालाई पक्राउ गरेको कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक सागर बोहराले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेकाहरुबाट एक लाख ६९ हजार ९३५ रुपैयाँ समेत बरामद गरिएको छ । उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ ।
प्रकाशित :- २०८२ आश्विन २८, मंगलवार ११:४३


