अति विपन्न विद्यार्थीहरूको शिक्षामा सहज पहुँच अभिवृद्धि गर्न कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेको बाल कन्या माध्यमिक विद्यालयले शैक्षिक कल्याण कोष स्थापना गरेको छ । गत साउन ५ गते नवनिर्मित भवनको उद्घाटनको अवसर पारेर घोषणा गरिएको शैक्षिक कल्याण कोषका लागी हाल सम्म २ लाख ५० हजार बढी रकम सहयोग जुटेको छ ।
शैक्षिक कल्याण कोषमा हाल सम्म सबैभन्दा बढी बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले नगद ५१ हजार सहयोग गरेका छन् । यस्तै २०७९ को निर्वाचनमा राप्रपाबाट पालिका अध्यक्षको उम्मेदवार समेत बनेका नवीन जोशीले नगद २१ हजार ५ सय सहयोग गरेका छन् । उनी हाल कामको सिलसिलामा इजरायल छन् । बाल कन्या माध्यमिक विद्यालयकी निवर्तमान प्र।अ। सुशीला देवी कुँवरले नगद २७ हजार, जगदम्भीके भगवती माध्यमिक विद्यालय खैरेनीका प्र।अ। नेत्र बहादुर खड्काले नगद १५ हजार ९ सय ९९, बर्दगोरिया गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गौतमले नगद १५ हजार सहयोग गरेका छन् । गौतम यस विद्यालयका पूर्व व्यवस्थापन समिति अध्यक्ष समेत हुन ।
यस्तै बर्दगोरिया गाउँपालिका वडा नम्बर १ की वडा सदस्य एवम् कार्यपालिका सदस्य सरस्वती कमीले नगद ११ हजार ५ सय ५१, यसै विद्यालयका वर्तमान अध्यक्ष समेत रहेका हेमन्त जैशीले नगद ११ हजार ५ सय ५१, यसै विद्यालयका वर्तमान प्र।अ।लालबहादुर गड्सिलाले नगद ११ हजार १ सय ५१, हाल कोरिया रहेका स्थानीय भक्तराज खतिवडाले ५ हजार ५ सय ५५, वडा नम्बर २ का वडा अध्यक्ष गोविन्द बि।क।ले नगद ५ हजार १ सय, यसै पूर्व विद्यार्थी राजु विठारीले ५ हजार १ सय, वडा नम्बर १ का वडा सचिव अशोक भण्डारी ५ हजार १ सय र पालिकाका स्वास्थ्य शाखा संयोजक मीनबहादुर धामीले नगद ५ हजार १ सय सहयोग गरेका छन् ।
कल्याण कोषमा ५ सय देखी ४ हजार सम्म सहयोग गर्नेहरू समेत धेरै रहेको विद्यालयले जनाएको छ । विद्यार्थीहरूलाई आर्थिक अभावमा शिक्षाबाट वञ्चित हुन नदिने उद्देश्यले थालिएको पवित्र काममा सहकार्य गर्न पाइएको भन्दै सहयोगी दाताहरूले खुसी व्यक्त गरेका छन् ।



