कैलाली । नागरिक उन्मुक्ति पार्टीको गत पुसमा सम्पन्न महाधिवेशनले अध्यक्षमा सर्वसम्मत चयन गरेका रेशम लाल चौधारीको नाम अद्यावधिक गर्न अस्वीकार गरेको छ ।

आयोगले चौधरी पार्टीको सदस्य बन्न समेत अयोग्य ठहर गरिदिएको छ । आयोगले रन्जिता श्रेष्ठ चौधरीलगायतको पुरानै कार्यसमितिलाई मान्यता दिएको आयोगका सहसचिव एवम् कानून तथा राजनीतिक दल व्यवस्थापन महाशाखा प्रमुख यज्ञप्रसाद भट्टराइले जानकारी दिए ।
भट्टराईका अनुसार आयोगको बिहीबारको बैठकले रेशम चौधरीलाई अध्यक्ष चयन गरेको अधिवेशन नै अवैधानिक ठहर गरिदिएको छ ।
टीकापुर घटनामा जन्मकैद सजाय पाई आममाफी पाएका चौधरीले आफू नेतृत्वको कमिटी अद्यावधिक गर्न माघको अन्तिम साता आयोगसमक्ष निवेदन दिएका थिए ।
तर आयोगले आज आएर अस्वीकार गरि दिएको हो ।

यस्तो छ आयोगको निर्णय



