कैलालीको घोडाघोडी नगरपालिकाले शैक्षिक सत्र २०८१ मा एसईई तथा कक्षा ८ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू र विद्यालयहरूलाई बुधबार एक कार्यक्रमबीच सम्मान गरेको छ।
नगरपालिकाको कार्यालयमा आयोजित उक्त कार्यक्रममा नगदसहित प्रमाणपत्र प्रदान गरी उत्कृष्ट विद्यालय र विद्यार्थीहरूलाई प्रोत्साहन गरिएको हो। 
सम्मानित विद्यालयहरू:
संस्थागत विद्यालयतर्फ:
पायोनियर स्कलर्स एकेडेमी
पिसलाइट इङ्गलिस बोर्डिङ स्कूल
सामुदायिक विद्यालयतर्फ:
जनज्योति माध्यामिक विद्यालय, सुन्दरपुर
छडी माध्यामिक विद्यालय बेलर
कक्षा ८ मा छडी र पिसलाइट विद्यालयले उत्कृष्ट प्रदर्शन गरेका थिए भने एसईई परीक्षामा पायोनियर र जनज्योति विद्यालयले उत्कृष्ट नतिजा हासिल गरेका हुन्।
पायोनियर स्कलर्स एकेडेमी:
विद्यालयका अनुसार, २८ जनाले एसईई परीक्षा दिएका थिए, जसमध्ये २७ जना उत्तीर्ण भएका छन्।
८ जना विद्यार्थीले A+ ल्याएका छन्।
११ जनाले A ग्रेड प्राप्त गरेका छन्।
विद्यार्थी रक्षा बुढाले ४.०० जीपीए ल्याई नगरपालिकाकै उत्कृष्ट सूचीमा नाम लेखाएकी छन्।
जनज्योति माध्यामिक विद्यालय:
नगरपालिका अन्तर्गत रहेका ५१ सामुदायिक विद्यालयहरूमध्ये १८ मावि विद्यालय एसइइ परीक्षामा सहभागी भएका थिए। जनज्योति माध्यमिक विद्यालय सुन्दरपुरले ७५.९३% उत्तीर्ण सफलता हासिल गरी उत्कृष्ट विद्यालय बनेको छ।
परीक्षामा ५४ जनाले सहभागी भएर ४१ जना उत्तीर्ण भएका थिए।
“नगरको शिक्षामा विगतको तुलनामा सुधार देखिएको छ। शिक्षा क्षेत्रमा प्राथमिकता दिँदै बजेट विनियोजन गरिएको छ। विद्यालयको भौतिक पूर्वाधार र गुणस्तर सुधारमा नगरपालिका प्रतिबद्ध छ।”
कार्यक्रममा नगर शिक्षा शाखा प्रमुख खगेन्द्रबहादुर सिंह, उपप्रमुख गुलियाकुमारी चौधरी, वडा नं. १ का अध्यक्ष एवम् प्रवक्ता घनश्याम ओझा, नगर शिक्षक महासंघ अध्यक्ष काशीराम जोशी, प्रधानाध्यापकहरू, शिक्षकहरू, अभिभावक तथा विद्यार्थीहरू सहभागी थिए।



