कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका मेयर गोपाल हमालकी छोरी आरती हमाल भारतमा सम्पर्क विहिन भएकी छन् । ओशो साधक रहेर ध्यान गर्न भारतको गोवामा बस्दै आएकी हमालकी जेठी छोरी हिजोबाट सम्पर्क विहिन भएको मेयर हमालले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएका छन् ।
आरती सोमबार जोरबा वाईब आस्बिन ब्रीजबाट सम्पर्क विहिन भएको उनका साथीहरुले जानकारी गराएको मेयर हमालले जनाएका छन् । त्यस्तै उनले छोरीको खोजीकार्यमा सहयोग गरिदिन समेत अपिल गरेका छन् ।
मेयर हमालले लेखेका छन्, ‘मेरी जेठो छोरी आरती ओशो साधक हुन उनी केही महिना देखि ओशो ध्यान गर्न गोवामा बस्दै आएकी थिईन्न । हिजो देखि जोरबा वाईब आस्बिन ब्रीज बाट सम्पर्क बिहिन भएको उनको साथीबाट खबर आएकाले गोवा बस्नु हुने शुभचिन्तक दाजुभाई दिदिबहिनीहरूले खोजी कार्यमा सहयोग गरिदिन हुन विनम्र अपिल गर्दछु ।’
उनको खोजीका लागि मेयर हमालकी कान्छी छोरी र ज्वाँई उक्त स्थानमा पुग्ने जानकारी पनि गराएका छन् ।