कैलालीमा एक लाख बढीका भन्सार छलीका सामान बरामद गरिएको छ ।
जिल्लाको धनगढी उपमहानगरपालिका–१ चक्मेली पुज नजिक, धनगढी १२ पटरीघाट र कैलारी गाउँपालिका–.५ गोबरेलाबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका करिब १लाख २७हजार ४९० मूल्य बराबरको भन्सार छलीको सामान शनिवार प्रहरीले बरामद गरेको हो ।
उक्त मूल्य बराबरको चिनी, बिडी, सुर्ती, पेय पदार्थ, सिद्रा माछा लगायतका सामानहरू जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरूबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।
प्रकाशित :- २०८२ असार ८, आईतवार १६:५३


