
कैलालीको घोडाघोडी नगरपालिका अन्तरगत सुखड भजनी खण्डको हरिनगरमा शुक्रवार साझ भएको दुर्घटनामा एक जना घाइते भएका छन् ।


भजनीबाट सुखडतर्फ जादै गरेको से. ५ प ५२९९ नम्बरको मोटरसाइकलले ओभरट्यक गर्ने क्रममा सोही दिशा तर्फ गइरहेको टेलीपावरको पछाडिको भागमा ठक्कर दिएपछि दुर्घटना भएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक दिर्घ बहादुर साउँदले जानकारी दिए ।
दुर्घटनामा घोडाघोडी नगरपालिका १ का मोटरसाइकल चालक ३५ वर्षिय टिकाराम चौधरी गम्भीर घाइते भएका छन् । उनको टाउको, छाती र खुट्टामा चोट लागेको छ । घाइते चौधरीको घोडाघोडी अस्पताल सुखडमा सामान्य उपचार पछि थप उपचारका लागि निसर्ग अस्पताल धनगढी रिफर गरिएकोमा त्यहाँ समेत उपचार सम्भव नभएपछि भारतको रुद्रपुर रिफर गरिएको छ ।

पावरटिलर चालक घोडाघोडी नगरपालिका ३ का ३२ वर्षिय प्रमोद चौधरीलाई नियन्त्रणमा लिएको प्रहरीले जनएको छ ।



