सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई पेनाल्टी शुटआउटमा पाखा लगाउँदै सङ्कटा क्लब ‘केपी ओली कप’ फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको मैदान सातदोबाटोमा आज भएको खेलमा सङ्कटाले एपीएफलाई पेनाल्टी शुटआउटमा ५-३ गोलले पाखा लगाएको हो । निर्धारित ९० मिनेटको खेलमा गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी शुटआउटमा पुगेको थियो ।
प्रतियोगितामा अहिले मच्छिन्द्र क्लब र भुटानको एफसी ट्रान्सपोर्ट युनाइटेड खेलिरहेका छन् ।
प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १ सय ११ र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने आयोजक राष्ट्रिय युवा सङ्घ नेपालले जनाएको छ । फाइनल खेल यही १९ गते हुनेछ ।



