अमेरिकी प्रविधिबाट उत्पादित सौन्दर्य सामाग्री नेपाली प्रयोगकर्ताको रोजाइमा पर्न थालेका छन् । कैलालीमा यी सामानहरूको बजारीकरण भने पब्लिक सप्लायर्स एन्ड सुपर स्टोरले गर्दै आएको छ ।

ट्रुमीएस कम्पनीले उत्पादन गरेका सामाग्रीहरू गुणस्तरीय भएकै कारण नेपाली प्रयोगकर्ताको रोजाइमा परेको पब्लिक सप्लायर्सका सञ्चालक कपिल तिमिल्सिनाले बताए । यी उत्पादनको प्रयोग, फाइदा, प्रभावकारिता तथा व्यवसाय बिस्तार सम्बन्धी जानकारी दिन आइतबार कैलालीको टिकापुरमा अन्तरक्रिया गोष्ठी गरिएको छ ।
गोष्ठीमा कैलालीका ब्युटी पार्लर सञ्चालक तथा ब्युटिसियनहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण सुरज नपहितले गरेका थिए । उनले यो उत्पादन छोटो समयमा नेपाली उपभोक्ता बिच लोकप्रिय बनेको भन्दै भारतमा समेत यी उत्पादनले बजार पाउन थालेको बताए ।



