
पौष २७ गतेबाट सुरु हुने बर्दगोरिया माघी मेलाको पूर्व सन्ध्यामा शनिवार बर्दगोरिया धाममा सरसफाइ गरिएको छ । हातमा झाडु बोकेर धाममा पुगेका स्थानीयहरूले बाटो, मन्दिर, कार्यक्रम स्थल परिसर सरसफाइ गरेका छन् ।
बर्दगोरिया गाउँपालिकाको अगुवाइमा भएको सरसफाइ कार्यक्रममा जुनकिरी नेपाल, न्यु बर्दगोरिया समूह, बालकल्याण सङ्घ, सहयोगी बेलुवा युवा क्लब, सशस्त्र प्रहरी बेस क्याम्प लगायत आम सरोकारवालाहरूको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले मेला आयोजनाका बेला मात्र नभई हप्ताको एक दिन यो क्षेत्र सरसफाइ गर्ने गरी योजनाबद्ध रूपमा अघि बढ्न आवश्यक रहेको कुरामा जोड दिएका छन् । उनले सरसफाइ सँगै फुल तथा वृक्षारोपण र आवश्यक रङ रोगनका कार्यक्रमहरू समेत आयोजना गर्ने गरी अघि बढ्नु पर्ने बताए ।


प्रकाशित :- २०८० पुष २१, गते शनिबार