कैलालीका विभिन्न स्थानबाट प्रहरीले ७ लाखभन्दा बढी मुल्यको भन्सार छलीका सामानहरु बरामद गरेकोे छ ।

धनगढी उपमहानगरपालिका-५ हसनपुर पिपलचौतारा नजिक र कैलारी गाउँपालिका-४ भितरियाबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अनुमानित ७ लाख १८ हजार १ सय २० रुपैयाँ बराबरको सामान बरामद गरिएको जनाएको छ ।
उक्त मुल्य बराबरको कपडा, मिठाई, प्रसाद दाना, पापड लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।


प्रकाशित :- २०८१ फाल्गुन ८, गते बिहीबार

