
दल त्याग गरेकै कारण बैतडीमा एक वडा सदस्यको पद रिक्त भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार जिल्लाको पाटन नगरपालिकामा एक वडा सदस्य पद रिक्त भएको हो ।

नेपाली कांग्रेसबाट २०७९ को स्थानीय तह निर्वाचनमा निर्वाचित रमेशराम कोली अन्य दलमा प्रवेश गरेको र उनलाई पार्टीले कारबाही गरेकाले उनको पद रिक्त भएको आयोगले सोमबार सूचना सार्वजनिक गरी जानकारी दिएको छ ।
कांग्रेसले अन्य दलमा प्रवेश गरेको भनी केन्द्रीय समितिको निर्णयको प्रतिलिपिसहित आयोगमा जानकारी गराएको थियो ।
सोही कागजातको आधारमा आयोगको यही पुस २३ गते बसेको बैठकले उनी निर्वाचित भएको दलित वा अल्पसंख्यक कोटाको सदस्य पद स्वतः रिक्त भएको निर्णय गरेको थियो ।
