
दार्चुलाको शैल्यशिखरमा यात्रु सवार हाईस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । जिल्लाको शैल्यशिखर नगरपालिका–९ नकतड (पडाल)चेक पोष्ट नजिकै शनिवार सडकमा हाईस पल्टिएर दुर्घटना भएको हो ।


जिल्ला सदरमुकाम खंलगाबाट महेन्द्रनगर तर्फ आउँदै गरेको बा ५ ख ५२६५ नम्बरको हाईस ब्रेक फेल भएर नकतडमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एंव सूचना अधिकारी कान्तिराज जोशीले जानकारी दिएका हुन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ का ४४ वर्षीय रामबहादुर महराले चलाएको हाइसमा १७ जना सवार रहेका थिए जसमध्ये पाँच जना घाईते भएको जोशीले जानकारी दिए ।
घाईते हुनेहरुमा जिललाको शैल्यशिखर नगरपालिका–६ पनेबाजकी १४ वर्षीया जस्मीना धामी, वडा नम्बर–७ देवथलीका ८० वर्षीय बिष्णुदत्त जोशी, १० वर्षीय हिमान्सु जोशी, कञ्चनपुर बेदकोट नगरपालिका–७ बस्ने ४० वर्षीया बसन्ती बिष्ट र सहचालक कैलालीको बर्दगोरीयाका २२ वर्षीय रोहित स्वाँर रहेका छन् । अन्य यात्रु सकुशल रहेको र घाईतेहरुको गोकुलेश्वरको मालिकार्जुन अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।




