कैलालीको घोडाघोडी र जानकी गाउँपालिकामा दुई जना मृत अवस्थामा फेला पारेका छन् ।

जिल्लाको घोडाघोडी नगरपालिका-१ को लक्ष्मीपुरमा सोमवार एक जना मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बोहराले घोडाघोडी-१ लक्ष्मीपुरस्थित बागेश्वरी सामुदायिक वनमा डडेल्धुराको परशुराम नगरपालिका-९ का १८ वर्षीय करन कामी मृत फेला परेको जानकारी दिएका छन् ।
उनका अनुसार कामीको शव दिउँसो ४ बजेतिर भेटिएको थियो । उनी मृत भेटिएपछि प्रहरी घटनास्थलमा पुगेको जनाएको छ ।
यस्तै, जानकी गाउँपालिका-१ नवलपुरमा पनि ३० वर्षीय रामबहादुर कठरीया मृत भेटिएको डीएसपी बोहराले बताए । उनी दिउँसो ३ बजे आफ्नै घरमा खटियामा मृत भेटिएका हुन् ।
प्रहरीले कठरीयाको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखेको छ ।

दुवै घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।


