समाचार सारांश
- • सम्झौताअनुसार एकीकृत पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी रहनेछ भने चुनाव चिन्ह तारा रहने सहमति भएको छ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नागरिक उन्मुक्ति पार्टी (नाउपा) बीच पार्टी एकता भएको छ। आज पेरिसडाँडामा सम्पन्न वार्तापछि दुई पार्टी एक भएको औपचारिक घोषणा गरिएको हो।
सम्झौताअनुसार एकीकृत पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी रहनेछ भने चुनाव चिन्ह तारा रहने सहमति भएको छ। साथै संघ, प्रदेश र स्थानीय तहका दुबै पार्टीका जनप्रतिनिधि अब नेकपाका तर्फबाट रहने उल्लेख गरिएको छ।
पार्टी एकताको सहमतिपत्रमा नाउपाका तर्फबाट अध्यक्ष रञ्जिता श्रेष्ठ, नेकपाका तर्फबाट संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधव कुमार नेपालले हस्ताक्षर गरेका छन्। 




