काठमाण्डौबाट कैलाली आउँदै गरेको बस लम्कीमा दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । मङ्गलबार सुपप्र ०४००१ ख ००२ नम्बरको शिवपुरी यातायातको बस कैलालीको लम्कीचुहा–३ गोराङ्गेमा दुर्घटना भएको हो ।

इलाका प्रहरी कार्यालय चिसापानीका अनुसार दुर्घटनामा परेका चार जना मध्ये एक जनाको अवस्था मध्यम रहेको छ भने तीन जनाको अवस्था सामान्य रहेको छ । मध्यम अवस्थामा रहेकी दार्चुलाकी २२ वर्षीया सपना बोहराको अस्पतालमा उपचार भइरहेको छ ।
बसमा ४० जना सवार रहेकामा अन्य यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ ।


प्रकाशित :- २०८१ माघ २२, गते मंगलवार

