सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री कमल बहादुर शाह सहित १० जना मन्त्रीहरुले सपथ लिएका छन् ।
सोमबार नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहसँगै ६ मन्त्री र तीन जना राज्यमन्त्रीले सपथ लिएका हुन्। प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री कमलबहादुर शाह र अन्य ६ मन्त्रीलाई प्रदेश प्रमुख नजिर मियाँले सपथ खुवाएका थिए । त्यसलगत्तै ३ जना राज्यमन्त्रीहरुलाई मुख्यमन्त्री शाहले सपथ खुवाएका हुन् ।
नेपाली कांग्रेसबाट मुख्यमन्त्री शाहसँगै आर्थिक मामिला मन्त्रीमा बहादुरसिहं थापा, सामाजिक विकास मन्त्रीमा मेघराज खड्का, आर्थिक मामिला राज्यमन्त्रीमा प्रकाश बम र सामाजिक विकास राज्यमन्त्रीमा सरस्वती खड्काले जिम्मेवारी पाएका छन् ।
त्यस्तै एमालेबाट भौतिक पुर्वाधार विकास मन्त्रीमा शुरेन्द्र बहादुर पाल, भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा वीरबहादुर थापा, आन्तरिक मामिला तथा कानुन मन्त्रीमा हिरा शार्की नियुक्त भएर हुँदा भौतिक पुर्वाधार विकास राज्यमन्त्रीमा निर्मला साउदले जिम्मेवारी पाएकी छन्।
त्यसै गरी नागरिक उन्मुक्ति पार्टीबाट पूर्व सामाजिक विकास मन्त्री लक्ष्मण किशोर चौधरीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको रुपमा सरकारमा सहभागी भएका छन् ।
एमालेका पाल, थापा र शार्की यस अघि थोरै समयका लागि मन्त्री बनेका थिए ।