डोटीको के.आई.सिंह गाउँपालिकाको एक सरकारी विद्यालयले विषय विना दलित शिक्षकका लागि आवेदन खुला गरेको छ । के.आई.सिंह गाउँपालिका–२ मा रहेको इन्द्र माध्यमिक विद्यालयल लेकगडाले विज्ञापन खुला गरेको हो ।

विद्यालयले माघ १० गते विहीबार एक सूचना जारी गर्दै विज्ञापन खुला गरेको जानकारी दिएको छ । गाउँ कार्यपालिकाको गत पुस २९ गतेको निर्णयअनुसार विद्यालय व्यवस्थापन समितिको माघ १० गतेको बैठकले उक्त निर्णय गरेको जनाएको छ । सोही अनुसार आवेदन खुला गरिएको हो ।
पालिकाको अनुदान कोटामा दलित शिक्षक आवश्यक परेको सूचनामा उल्लेख गरिएको छ । सूचनामा विषय भने उल्लेख गरिएको छैन्, तर आधारभूत तहको दलित शिक्षक आवश्यक परेको उल्लेख छ ।
विद्यालयले आवेदन खुला गरेपछि यसको सामाजिक सञ्जालमा विरोध भइरहेको छ । धेरै व्यक्तिले यसलाई कार्यकर्ता भर्ती गर्ने उद्देश्यले गरेको भनेका छन् ।



