
बैतडीको दशरथचन्दमा बँदेलका लागि थापेको पासोमा चितुवा फसेको छ । दशरथचन्द नगरपालिका–८ स्थित त्रिपुरसुन्दरी मन्दिर नजिक बँदेलका लागि थापिएको पासोमा चितुवा फसेको हो ।


बँदेलका लागि थापिएको पासोमा चितुवा फसेको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भरतप्रसाद भट्टले जानकारी दिए । चितुवाको उद्धारका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटा, कञ्चनपुरको टोली बैतडी गएको जनाइएको छ ।





प्रकाशित :- २०८१ माघ १४, गते सोमबार