कैलालीको धनगढीबाट प्रहरीले लागू औषध सहित ४ जनालाई पक्राउ गरेको छ । शनिवार धनगढीका छुट्टाछुट्टै स्थानबाट २ युवती सहित ४ जना पक्राउ परेका हुन् ।

धनगढी उपमहानगरपालिका-१९ लल्लीपुरबाट प्रि-गाभा ट्याब्लेट ६७ पिस लागु औषध सहित स्थानीय २२ वर्षीय विष्णु रावल सहित दुई जना पक्राउ परेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
यस्तै धनगढी उपमहानगरपालिका-३ त्रिनगर भन्सार व्यारेलबाट स्थानीय २४ वर्षीय ललिता राना र मनिता चौधरी पक्राउ परेका छन् । उनीहरू सवार से ६ प ६०५४ नम्बरको मोटरसाइकल चेक जाँच गर्दा ८६० मिलिग्राम लागु औषध ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ ।



