कञ्चनपुरमा नेपाल प्रहरीका सेवा निवृत्त प्रहरी सहायक निरीक्षक(असई) ले श्रीमतीको हत्या गरेका छन् ।
भीमदत्त नगरपालिका- ८ तिलाचौरका ४९ वर्षीया नरेन्द्र विष्टले ३० वर्षीया श्रीमती ज्योती विष्टको हत्या गरेकाे प्रहरीले जनाएको छ ।
शनिबार साँझ घरसायी विवादकाे विषयलाई लिएर विष्टले श्रीमतीको घाँटी र हातमा धारिलो हतियार प्रहार गरेर हत्या गरेकाे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) उमेशराज जोशीले बताए ।
उनलाई पक्राउ गरेर अनुसन्धान भइरहेको छ ।
विष्टले हत्या गरेकी ज्याेती उनकाे कान्छी श्रीमती हुन् ।