
कैलालीका विजभिन्न ठाउँबाट लागूऔषध र चेक अनादर मुद्दाका फरार प्रतिवादीहरु पक्राउ परेका छन् ।


जिल्लाको जानकी गाउँपालिका–९ का २६ वर्षीय शंकर थापालाई लागूऔषध मुद्दामा १ महिना कैद सजाय तोकिएको थिए । यस्तै चेक अनादर मुद्दामा १ हजार जरिवाना तोकिएका टीकापुर नगरपालिका–१ बस्ने ४० वर्षीय डम्मरबहादुर थापा पनि फरार रहेका थिए । तर दुवै जनालाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला अदालत कैलालीको विभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर गरेपछि दुबै जना फरार रहेका थिए । दुबै जनालाई शुक्रवार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।



