
कैलालीको चुरे गाउँपालिका-१ मा करेन्ट लागेर पाँच वर्षीय बालकको मृत्यु भएको छ । वडा नं-१ शिबनगरका लालबहादुर क्षेत्रीको ५ वर्षीय छोरा आकाश क्षेत्रीको मृत्यु भएको हो ।
घरमा कोही नभएको बेला खेल्ने क्रममा पानी तान्ने मोटरको तारबाट करेन्ट लागेर गम्भिर घाइते भएका थिए । उनको उपचारको क्रममा निसर्ग अस्पताल धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।







प्रकाशित :- २०८१ आश्विन ५, गते शनिबार