
कञ्चनपुरको बेलौरीबाट प्रहरीले भन्सार छलीका सामान बरामद गरिएको छ ।


बेलौरी नगरपालिका– ७ पौलाहबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका ९८ हजार ३ सय मूल्य बराबरको सामान प्रहरीले नियन्त्रणमा लिएको हो ।
पेय पदार्थ, बिडी, भारतीय नम्बर प्लेटको मोटरसाइकल १ थान लगायतका सामान इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।




प्रकाशित :- २०८१ भाद्र २३, गते आईतवार