
कैलालीको धनगढी उपमहानगरपालिका-८ बाट लागूऔषध (चरेश)सहित एक युवकलाई शनिबार पक्राउ गरेको छ ।


शनिबार मध्यान्ह १२ बजे तिर बझाङको केदारस्यु गाउँपालिका-७ घर भएका ४२ वर्षीय जनक धामीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । वडा प्रहरी कार्यालय धनगढीका प्रहरी निरीक्षक जनकराज ढुङ्गानाको कमान्डमा खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा सडकमा शङ्कास्पद रुपमा हिँडिरहेको अवस्थामा धामीलाई पक्राउ गरेको हो ।
उनका साथबाट अन्दाजी साढे चार किलो चरेस र ७५ हजार फेला पारि नियन्त्रणमा लिएको प्रहरीको भनाई छ । उनलाई पक्राउ गरि रित पूर्वक अनुसन्धान लागि जिल्ला प्रहरी कार्यालय कैलाली राखी थप अनुसन्धान गरि रहेको जनाएको छ ।



