
सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग आज सुचारु भएको छ ।

डोटीको घोरडी र गोगनपानीमा पहिरो खसेपछि बुधवार रातिदेखि राजमार्ग अवरुद्ध भएको थियो ।
राजमार्ग अवरुद्ध भएपछि सयौं यात्रु अलपत्र पर्नुका साथै बिरामी बोकेका एम्बुलेन्स पनि बाटोमै अलपत्र परेका थिए । अहिले बाटो सुचारु भएपछि सवारी साधन गनतव्य स्थानतिर जान लागेको प्रहरीले जनाएको छ ।

प्रकाशित :- २०८१ आश्विन १०, गते बिहीबार