
थारू समुदायको गुरही पर्वको अवसरमा कैलाली जिल्लाका विभिन्न पालिकाले सार्वजनिक बिदा दिएको छ । गुरही पर्वको अवसरमा विभिन्न पालिकाले साउन २५ गते शुक्रबार स्थानीय बिदा दिएको छ ।


बिदा दिनेमा जिल्लाका धनगढी उपमहानगरपालिका, कैलारी गाउँपालिका, गोदावरी नगरपालिका, घोडाघोडी नगरपालिका, गौरीगङ्गा नगरपालिका, जानकी गाउँपालिका, बर्दगोरिया गाउँपालिका, भजनी नगरपालिका, टीकापुर नगरपालिका र लम्कीचुहा नगरपालिका रहेका छन् ।
विशेष गरेर पश्चिम नेपालका थारू समुदायले भोलि शुक्रबार गुरही पर्व मनाउने गरेका छन् । यो पर्व नाग पञ्चमीको दिन थारू समुदायले गुहरी पर्व मनाउने गर्दछन् । विशेषगरी पश्चिम नेपालको कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ, सुर्खेत जिल्लाका थारू बस्तीमा औपचारिक कार्यक्रमको आयोजना गरी थारू समुदायले यो पर्व धुमधामका साथ मनाउँदै आएका छन् ।



