कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा प्रि–इन्डक्सन र लोम अफिसर्स तालिम शनिबार सम्पन्न भएको छ । घोडाघोडी जेसीज वर्ष २०२४ का अध्यक्ष दीपक बहादुर चन्द्रको सभाध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथि घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक बहादुर रावत रहेका थिए । ९० जना सहभागी रहेको तालिमको प्रशिक्षक जेसीज मोहन ढुङ्गाना, जेसीज टेकराज रेग्मी र जेसीज जनक विष्टले गरेका थिए ।
उहाँहरुले नयाँ सदस्यहरूलाई जेसीआई बारे जानकारी,जेसीआई बोर्डमा के के हुन्छ र सबै बोर्ड सदस्यहरूको जिम्मेवारी बारे प्रशिक्षण दिएका थिए । त्यस्तै तालिममा सहभागीलाई पदाधिकारीको पदीय जिम्मेवारी, कर्तव्य, निभाउनु पर्ने भूमिका, सिकाइका आधारहरू र जेसीज इतिहासको बारेमा प्रशिक्षकले जानकारी समेत दिएका थिए ।
वास्तव मै जेसिज के हो, कस्तो संस्था हो र जेसिजले के के काम गर्दछ भन्ने देखि लिएर पदमा रहेको प्रत्येक पदाधिकारीहरुको भूमिकाहरू समेत प्रस्ट पार्दै आवश्यक कुरा हरू सिक्न पाएकोमा आजको तालिम निक्कै फलदायी रहेको कुरा तालिममा सहभागीहरूले बताएका छन् । कार्यक्रमको मुख्य उद्देश्य नयाँ इच्छुक सदस्यहरूलाई जेसीआई को परिचय दिनु र लोम अधिकारीहरूलाई बोर्ड २०२४ को जिम्मेवारीहरूका लागि तालिम दिएको घोडाघोडी जेसीजले जनाएको छ ।
कार्यक्रमका संयोजक तथा घोडाघोडी जेसीज वर्ष २०२४ का कोषाध्यक्ष पदम सापकोटाले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रम सञ्चालन महासचिव कलक जङ्ग सिंहले गरेका थिए । स्वास्थ्य संयोजक मञ्जु विष्टले जेसीज आस्था वाचन गरेको कार्यक्रमका स्वागत मन्तव्य कार्यकारिणी उपाध्यक्ष धन बहादुर बडूवाल गरेका थिए ।