बैतडी : भारतले धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलेको छ ।
२ सय ८० मेगावाट विद्युत् क्षमताको धौलीगंगा पावर स्टेशनको सिल्ट सरसफाइका लागि शनिबार विहान ८ः१५ मा बाँध खोलिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताए ।
बाँध खोल्दा महाकाली नदीमा जलस्तर बढ्न सक्ने भएकाले तटीय क्षेत्रका नागरिकलाई आइतबार सम्म सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बैतडीले आग्रह गरेको छ ।
बाधको ढोका खोलेपछि जारी गरिएको सूचनामा भारतीय पक्षबाट ढोका खोलेको विषयमा मौखिक जानकारी आएको उल्लेख गरिएको छ ।

प्रकाशित :- २०८१ श्रावण १२, शनिबार १५:५९


