
डोटीको पूर्वीचौकीमा सिकार खेल्ने क्रममा बन्दुकको गोली लागेर एक जनाको ज्यान गएको छ ।


पूर्वीचौकी गाउँपालिका-६ गाँजरीका अन्दाजी ३० वर्षीय अमर थापाको सिकार खेल्ने क्रममा गोली लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक (डिएसपी) भिमलाल भट्टराईले जानकारी दिए ।
सोही ठाउँको घोत्नेगडा सामुदायिक वनमा सिकार खेल्न गएका थापाको शुक्रवार बिहान गोली लागेर घटना स्थलमै ज्यान गएको भट्टराईले बताए । घटनाको अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।





प्रकाशित :- २०८१ श्रावण १९, गते शनिबार