कैलाली : सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मिँयाले साबिककै मन्त्रालय कायम गरेर जिम्मेवारी तोकेका छन् ।

मुख्यमन्त्री दीर्घबहादुर सोडारीको सिफारिसमा प्रदेश प्रमुखले साबिककै मन्त्रालय कायम गरी ६ जना मन्त्रीको जिम्मेवारी तोकेका हुन ।
अक्कलबहादुर रावललाई आर्थिक मामिला मन्त्रालय, कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, लक्ष्मी विकलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, टिका थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, ओमविक्रम भाटलाई सामाजिक विकास मन्त्रालय र माया पन्तलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।



