
काठमाण्डौ : अविरल वर्षाका कारण सडकका विभिन्न ठाउँ–ठाउँमा पहिरो झरेपछि कोशी राजमार्ग अवरुद्ध भएको बनेको छ । कोशी राजमार्ग अन्तर्गत पर्ने धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका–६ फेदी र घण्टेमा पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेकोे हो ।


निरन्तरको बाढीका कारण पहिरो पन्छाउन समस्या भइरहेको धनकुटाका प्रहरी प्रवक्ता राजबाबु महर्जनले बताए । राजमार्ग अवरुद्ध भएपछि कोशी पहाडका धनकुटासहित भोजपुर, सङ्खुवासभा, तेह्रथुम जाने गाडीहरु बाटोमै रोकिएका छन् ।




प्रकाशित :- २०८१ असार २५, गते मंगलवार