
कैलालीको गोदावरीबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्।


गोदावरी नगरपालिका–२ तेघरीबाट सोही ठाउँका २४ वर्षीय अमित शोव १ ग्राम १६० मिलिग्राम लागुऔषधसहित पक्राउ परेका हुन्।
गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले शोवलाई मंगलबार साँझ पक्राउ गरेको हो।

उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडी बढाएको इलाका प्रहरी कार्यालय मालाखेती मालाखेतीका प्रमुख डिएसपी गंगा बहादुर थापाले जानकारी दिए।



प्रकाशित :- २०८१ असार १२, गते बुधबार