
सूचनाको हकका लागि राष्ट्रिय महासङ्घ सुदूरपश्चिमको नयाँ कार्यसमिति चयन भएको छ । माघ २६ र २७ गते कैलालीको भादामा आयोजित प्रदेश अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको हो ।
कार्यसमितिको अध्यक्षमा पुष्पराज जोशी, उपाध्यक्षमा चन्द्रकान्त पनेरु र इन्द्रा दानपाली निर्वाचित भएका छन्। त्यस्तै महासचिवमा नीराजन परियार, सचिवमा मनिस बिक र सुशीला भट्ट, कोषाध्यक्षमा रसुता जैरु निर्वाचित भएका हुन् ।
सदस्यहरूमा क्रमशः देवराज बडू, नीरज धामी, इन्द्रा धामी,विवेक नागरी, एकेन्द्र चन्द, ईश्वर जैसी, र अर्जुन सिंह सर्वसम्मत निर्वाचित भएका छन् । २१ सदस्यीय कार्यसमिति मध्य अन्य सदस्यहरूलाई कार्यसमितिले मनोनीत गर्ने निर्णय भएको छ ।
नवनिर्वाचित कार्यसमितिले नागरिकको सूचनाको हक प्रत्याभूति हुने गरेर काम गर्ने अध्यक्ष जोशीले बताए । उनले संविधानले सुरक्षित गरेको सूचनाको हक कार्यान्वयनका लागि अभियान नै सञ्चालन गरिने बताउँदै यो अभियान नागरिक केन्द्रित हुने बताए ।


प्रकाशित :- २०८० माघ २७, गते शनिबार