श्रीमती बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १० शिव नगरका ३३ वर्षीय ओबजंग शाह पक्राउ परेका छन्। शाहलाई सोमबार नेपालगञ्जबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक दीर्घ बहादुर साउँदले जानकारी दिए।
शाहकी आफ्नै श्रीमती नाम परिवर्तित पीडित सुखड ३२ ले दिएको किटानी जाहेरीको आधारमा जिल्ला अदालत कैलालीले असार ३ गते शाह विरुद्ध पक्राउ पुर्जी जारी गरेपछि उनी फरार थिए।
शाहलाई नेपालगञ्जबाट सोमबार नै इलाका प्रहरी कार्यालय सुखड ल्याई हिरासतमा राखिएको छ । मङ्गलवार जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिने प्रहरी निरीक्षक साउँदले बताए।
यस्तै इलाका प्रहरी कार्यालय सुखडले करिब २ सय ५० लिटर घरेलु मदिरा समेत बरामद गरी नष्ट गरेको छ। सुखड बजार आसपासका होटेलहरुबाट बरामद गरी जनप्रतिनिधि समाजसेवी पत्रकार लगायतको उपस्थितिमा उक्त परिमाणको मदिरा नष्ट गरिएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख डिएसपी दीपेन्द्र कुमार पालले जानकारी दिए।


