
कैलालीको घोडाघोडी नगरपालिकाकी उप प्रमुख गुलिया कुमारी चौधरीले आफ्नो नाममा देखिएको बेरुजु रकम फर्छ्योट गरेकी छन् ।
महालेखाको प्रतिवेदन अनुसार उनको नाममा नियम विपरीत भत्ता बुझेको उल्लेख गरिएको थियो । तर आफुले समयमै बेरुजु दाखिला गरे पनि आफ्नो नाममा बेरुजु देखिएकोमा आफू अचम्मित भएको उपमेयर चौधरीले बताइन्। मेरो नाममा देखिएको बेरुजु दाखिला गर्नु पर्ने रकम ८ हजार ६ सय ७० रुपैयाँ नगरपालिकाको सुखड स्थित कृषि विकास बैंकमा रहेका खाता नम्बरमा जम्मा गरेको उनको भनाई छ ।

मलाई भत्ता कसरी बुझ्ने भन्ने जानकारी थिएन। त्यो समयमा सबैले बुझे तर पछि त्यो रकम बेरुजु आएको छ भनेर लेखाको सरले भन्नुभयो। मैले वैशाखको २६ गते नै रकम जम्मा गरेकी छु। यसरी अरु कर्मचारीहरूले पनि भत्ता बुझेका थिए। उहाहरु मध्य कति जनाले त मेरो भन्दा पछाडी पनि रकम जम्मा गरेका थिए। उहाहरुको नाम आएन मेरो आयो उनले भनिन्।
अर्थ मन्त्रालय कार्य संचालन निर्देशिका २०७७ को विपरीत नगरपालिकाकी उपमेयर गुलिया कुमारी चौधरी तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दीपक कुमार आचार्य, नगरपालिकाका इन्जिनियर,सब.इन्जिनियर,सब ओभरसियर लगायत कर्मचारीहरूले नियम विपरीत भत्ता बुझेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
यस विषयमा निर्भीक पोष्टले सोमबार समाचार प्रकाशन गरेको थियो।






प्रकाशित :- २०८१ असार ४, गते मंगलवार