कैलालीको सुखडबाट लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।
लागूऔषध मुद्दामा ३ महिना कैद सजाय तोकिएका घोडाघोडी नगरपालिका-१ का ३२ वर्षीय जनक बोहरा पक्राउ परेका हुन्।
कैलाली अदालतबाट दोषी ठहर भई फरार रहेका बोहरालाई सोमवार इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको कार्यालयका प्रमुख डिएसपी दीपेन्द्र कुमार पालले जानकारी दिए।
बोहरालाई उनकै घरबाट लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको र मङ्गलबार जिल्ला अदालत कैलालीमा पेस गरिने डिएसपी पालले जानकारी दिए
प्रकाशित :- २०८१ असार ४, मंगलवार ०७:४९


