समाचार सारांश
- • प्रतिद्वन्द्वी रुपेश स्वारलाई पराजित गर्दै ओझा विजयी बनेका हुन्।
- • संघको शनिबार सम्पन्न भएको निर्वाचनमा कुल १,९४० मत खसेको थियो। जसमा ओझाले ९५० मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित हुन सफल भएका छन्।
कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुष्करराज ओझा विजयी भएका छन्। प्रतिद्वन्द्वी रुपेश स्वारलाई पराजित गर्दै ओझा विजयी बनेका हुन्।
संघको शनिबार सम्पन्न भएको निर्वाचनमा कुल १,९४० मत खसेको थियो। जसमा ओझाले ९५० मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित हुन सफल भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी स्वारले ८८९ मत प्राप्त गरेपछि ६१ मतको अन्तरले पराजित भए ।
सुरुदेखिनै झिनो मतान्तरले अग्रता लिएका ओझा अन्ततः विजयी बनेका हुन्। यसअघि ओझा संघको निवर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्षका रूपमा कार्यरत थिए।
ओझा र स्वार दुबैको प्यानल चुनावी मैदानमा होमिएको थियो। नयाँ नेतृत्व चयनसँगै कैलाली उद्योग वाणिज्य संघमा नयाँ कार्यसमिति गठन भएको छ।


