धनगढी उप–महानगरपालिका–३ व्यारेल नजिकबाट प्रहरीले एक युवकलाई लागूऔषधसहित नियन्त्रणमा लिएको छ ।
बुधबार साँझ प्रहरीले चेकजाँच गर्ने क्रममा डोटीको जोरायल गाउँपालिका–३ बस्ने २३ वर्षीय विजय सुब्बाको साथबाट ४ ग्राम ४५० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारेको हो ।
उक्त लागूऔषधसहित सुब्बालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित :- २०८२ भाद्र १९, बिहीबार ०८:४७


