जिल्ला प्रहरी कार्यालय कैलालीको नेतृत्व प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्दले सम्हालेका छन्।
आइतबार कैलाली पुगेका चन्दलाई प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहसहितका प्रहरी अधिकारी तथा जवानहरूले स्वागत गरेका थिए। कार्यालय हाजिर भएसँगै उनले आजदेखि औपचारिक रूपमा पदभार ग्रहण गरेका हुन्।
यसअघि कैलाली प्रहरी प्रमुख रहेका एसपी बाल नरसिंह राणालाई कैलाली कारागारमा भएको सुरक्षा कमजोरीप्रति प्रश्न उठेपछि प्रहरी प्रधान कार्यालयले फिर्ता बोलाएको थियो। राणाको स्थानमा चन्दलाई जिम्मेवारी दिइएको हो।
प्रकाशित :- २०८२ भाद्र १५, आईतवार १४:२४


